मधेश प्रदेशलाई केपी ओली कप टी-२० क्रिकेटको उपाधि
हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट
पाेखरा | मंसिर १५, २०८०
पोखरा: पोखरामा सम्पन्न भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी– त्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेको मधेश प्रदेशले ५ लाख पुरस्कार पायो भने, उपविजेता भएको त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो ।
मधेश प्रदेशले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट बनाउँदै १ सय २४ मात्र बनाउन सक्यो । आर्मीका लागि विवेक यादव २५ र सोमपाल कामी १६रनमा अविजित रहे ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।
बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।
यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।
सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।
हरिशंकर सर्वोत्कृष्ट, रित र सन्दीप उत्कृष्ट
मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।ख सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गरे ।
बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गरे ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

